२७ साउन २०७९ शुक्रबार
1
1
1
1

एमाले महाधिवेशन: १७ बुँदे घोषणापत्र जारी

1
1
1
1
1

चितवनको सौराहामा जारी एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । 

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । 

घोषणापत्रमा जनादेश सहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिबद्धता छ । 

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकताबद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन । 

मत परिणाम र शपथग्रहण पछि विधिवत् समापनको घोषणा गरिने छ ।

राजनीति

प्रकाशित: १४ मंसिर २०७८ १८:४७ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी