राप्रपाको कार्यसम्पादन समितिको बैठक सम्पन्न, आजै निर्वाचन आयोगमा दल दर्ता गरिने

राप्रपाको कार्यसम्पादन समितिको बैठक सम्पन्न, आजै निर्वाचन आयोगमा दल दर्ता गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झण्डामा गाई र चुनाव चिन्ह हलो राख्ने निर्णय गरेको छ । मंगलबार बसेको कायसम्पादन समितिको बैठकले त्यस्ताे निर्णय गरेकाे हो । आजको बैठकले प्रमुख तीन निर्णय गरेको छ । ती निर्णयहरुमा राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने, पार्टी एकता महाधिवेशन आगामी वैशाख २५ देखि २८ गतेसम्म गर्ने र राप्रपाको झण्डामा गाईं र चुनाव चिन्हमा हलो राख्ने रहेका छन् । केही समयमा वरिष्ठ नेता दीपक बाेहरा दल दर्ताका लागि निर्वाचन अ‌ायाेगमा जाने राप्रपाका सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।

गत फागुन २४ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर गरिएको थियो । सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो । तर छ महिनाभित्र चुनाव चिह्न  टुंगाे लगाउने सहमति गरिएकाे भएपनि चुनाव चिन्ह गाईं राख्ने वा हलाे भन्ने विषयमा सहमति जुट्न सकेको थिएन ।

Logo