हामी स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा छैनौं : नेता सिंह

हामी स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा छैनौं : नेता सिंह

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्।

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। 

उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावीसमेत गरे। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्याे। अहिलेको यो डिबेट आइराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो। कार्य अवधिभन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ । तर संविधानले के भन्छ भन्दा कार्यकाल पाँच वर्षका हो । तर, कार्यकाल सकिएको ६ महिनाभित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ । तर अहिले आएर के हो भन्दा यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ। स्थानीय निकायलाई हामीले समयमै गर्दा संघीय निर्वाचन पनि टाईम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकाय चाँही खाली राख्नु हुन्न भन्ने मेरो पर्सनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाइ हो।’

त्यस अवसरमा कांग्रेस नेता सिंहले डा.मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताए । उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जो कोहीका लागि उपयोगी हुने विश्वाससमेत व्यक्त गरे।

Skip This
Skip This
Logo