राष्ट्रिय युवा संघ नेपालद्वारा आजदेखि सप्ताहव्यापी खुल्ला रक्तदान अभियान शुरू

राष्ट्रिय युवा संघ नेपालद्वारा आजदेखि सप्ताहव्यापी खुल्ला रक्तदान अभियान शुरू

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुल्ला रक्तदान अभियान शुरू गरेको छ। 

कोभिड–१९ का कारण रगत अभावको समस्यालाई समाधान गर्न सहयोग पुराउने लक्ष्यका साथ युवा संघ नेपालले सप्ताहव्यापी रुपमा रक्तदान कार्यक्रम संचालन गर्न लागेको हाे। संघका अध्यक्ष एंव नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेलका अनुसार बुधबार (आज) भक्तपुर बालकोटबाट शुरु हुने रक्तदान कार्यक्रम एक हप्तासम्म चल्नेछ। 

भक्तपुरको बाल्कोट र सूर्यविनायक, ललितपुरको जावलाखेल र पूल्चोकमा पनि रक्तदान कार्यक्रम संचालन हुने बताइएकाे छ। 

यस्तै काठमाडौंको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर,  कलंकी, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँहरुमा रक्तदान अभियान संचालन हुने अध्यक्ष पौडेलले बताए। एक हप्तासम्म उपत्यकाको १५ बढि स्थानमा रक्तदान अभियान संचालन हुन लागेको हो।

Logo