एससीसी राष्ट्रघाती हाे भने भीम रावलले राष्ट्रघाती केपी ओली मुर्दावाद भन्न सक्नु पर्छ: गगन थापा

एससीसी राष्ट्रघाती हाे भने भीम रावलले राष्ट्रघाती केपी ओली मुर्दावाद भन्न सक्नु पर्छ: गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगन थापाले एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर भन्ने हो भने भीम रावलले संसद् भित्रै केपी ओली मुर्दावाद भनेर बोल्नु पर्ने बताएका छन्। उनले केपी ओलीको सरकार भएको समयमा पारित भएको एमसीसी प्रस्ताव आज टेबल भएको स्मरण गर्दै यस्तो बताएका हुन् । 

आइतबार भएको प्रतिनिधिसभा बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो प्रस्ताव केपी ओलीको पालामा पारित भएको थियो। आज टेबल भएको मात्र हो । यदि भीम रावलले एमसीसी राष्ट्रघाती हो भनेर भन्ने हो भने त पहिले राष्ट्रघाती केपी ओली मुर्दावाद भनेर भन्न सक्नुपर्छ।’ उनले थपे ‘यो प्रस्ताव राष्ट्रघाती हो भने पुष्पकमल दाहाल मुर्दावाद भनेर माओवादीका संसद्हरूले र माधव नेपाल मुर्दावाद भनेर समाजवादीका संसद्हरूले बोल्न सक्नु पर्छ। त्यसपछि मात्र यसका बारेमा उहाँहरुले कुरा राख्नुपर्छ।’

उनले संसद् भित्र छलफल हुनुपर्ने कुरा बाहिर भइरहेकोमा आजको क्षण सुखद् रहेको जिकिर गरेका छन्। उनले अवरोधकाबीचमा संसद् चल्छ कि चल्दैन भन्ने दुबिधा पनि आजबाट टुँगिएको बताएका छन् । उनले भने, ‘हामीलाई संसद् चल्छ कि चल्दैन भन्ने डर थियो । एमाले, मजदुर किसान पार्टी, जनमोर्चाले भाग लिनुभयो। अब १२ गतेबाट एमसीसीका विषयमा छलफल प्रारम्भ हुन्छ। आज जस्तै अवरोध आए पनि संसद् चलिरहन्छ।’

Logo