काठमाडौं । प्रहरीले आफ्ना कर्मचारीहरूले पालना गर्नुपर्ने नयाँ आचारसंहिता जारी गरेकाे छ ।
प्रहरीले कर्मचारीहरुद्वारा पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ मंगलबार सार्वजनिक गर्दै कार्यादेशमा कर्मचारीहरूले विपरित लिङ्गीलाई धाप मार्नेजस्ता कार्य गर्न नहुने उल्लेख गरिएको छ।
साथै जारी भएकाे आचारसंहिता अनुसार अनुमति बिना विदेशी नियोग, विदेशी कुटनैतिक व्यक्ति र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य गर्न नहुने उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, अपराध अनुसन्धानलाई प्रभावित पार्ने विषयमा लाइक, कमेन्ट, सेयर, ट्याग जस्ता सांकेतिक प्रतिक्रिया जनाउन नपाइने प्रहरीले जनाएको छ ।
कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न निर्देशन दिए ।





























प्रतिक्रिया