प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। यसअघि झैं आज पनि नेकपा एमालेले संसदमा अवरोध गरेको छ ।
गत आइतबार सदनबाट एमसीसी अनुमाेदन भएपछि पहिलाे पटक आज बैठक बसेकाे हाे ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।





























प्रतिक्रिया