माओवादीको केन्द्रीय समिति बैठक २ घण्टा पछि सर्‍यो

माओवादीको केन्द्रीय समिति बैठक २ घण्टा पछि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा पर सरेको छ। शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए। 

बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने नेता गुरुङले बताए। नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो। बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ। 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ। 

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्। 

शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ। 

Logo