माओवादी केन्द्रको आजको बैठकबाट केन्द्रीय कमिटीले पूर्णता पाउला?

माओवादी केन्द्रको आजको बैठकबाट केन्द्रीय कमिटीले पूर्णता पाउला?

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए। 

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ। गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना  निर्माण र संगठन हुनेछ। गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७  केन्द्रीय सदस्य चयन गरेको थियो।

Logo