नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी छन् ।
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलालाई ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताइन ।
उनले नेपालको कूल जनसंख्याकाे आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनु पर्नेमा जोड दिइन् ।
उपाध्यक्ष शाक्यले महिलाहरु इमान्दार, जवाफदेही, पारदर्शी कुशल भएकाले अबको स्थानीय तहदेखि मुलुक हाक्ने तहसम्म महिलाहरुले आफुलाई सक्षम बनाउनु पर्ने जिकिर गरिन ।
उनले महिला÷पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमान्ता र दुरव्यवहार गर्ने सम्पूर्ण कुराहरु समाप्त गर्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी रहेको उल्लेख गरिन ।
उनले भनिन्,‘ महिलाहरुले आफुलाई सक्षम बनाउनुपर्छ । अधिकार सम्पन्न बनाउनुपर्छ। अब महिलाहरु त्यो स्थान बनाउनको लागि अगाडि बढ्नुपर्छ । महिला पुरुष सम्मान छन । महिलालाई हिंसा गर्ने, विभेद गर्ने, असमान्ता गर्ने र दुरव्यवहार गर्ने सम्पूर्ण कुराहरु समाप्त गर्दै हामी अगाडि बढ्नुपर्छ । महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक हुनुप¥यो । महिला पुरुष सम्मान छन भन्ने घारणाबाट स्थापित गर्न जनसंख्याको आधा भन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन । हामी सक्षम भइसकेका छौं । समाज परिर्वतन,समृद्धि र विकासको लागि नेतृत्वमा स्थापित हुनुपर्छ ।’ उनले थपिन ३३ प्रतिशत होइन ५० प्रतिशत सम्मान अवधारणा लिएर अगाडि बढ्नु पर्छ ।





























प्रतिक्रिया