एकीकृत समाजवादीको वैधानिकतासम्बन्धी आज १२ औँ पटकको पेसी

एकीकृत समाजवादीको वैधानिकतासम्बन्धी आज १२ औँ पटकको पेसी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार (आज)को पेसी तोकिएको छ । 

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो । 

एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाल लगायतको सांसद पद र सभामुखविरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । आइतबारको पेसी १२ औँ पटकको पेसी हो । 

एमालेले आफूले कारबाही गरी हटाइएका व्यक्तिहरूलाई सभामुखले फरक पार्टीको नामबाट मान्यता दिएको भन्दै उक्त कदम नसच्चिएसम्म संसद् अवरोध जारी राख्ने बताएको छ ।

Logo