आगामी बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख

आगामी बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन्। संसदमा दर्ता भएको महाभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ।

बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन्। ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भने । 

आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन्। फागुन १ गते दर्ता गरिएको महाभियोग प्रस्ताव पेस गर्दै उनले महाभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे। 

एक महिनाअघि देव गुरुङ, पुष्पा भुसाल  र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो । 

Logo