काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् ।
बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए ।
उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गरे ।
मेयर शाक्यले भने, ‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८/९ करोड बजेट विनियोजन गरेका छौँ । त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ । धेरै ठाउँमा नीति बनायौँ तर कार्यान्वयनमा अलि समस्या पनि छ ।’
उनले थपे, ‘बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन् । र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट ग¥यौं । सर्वोच्च अदालतमा आउनेहरुको माग धेरै थियो सडक क्रस गर्न धेरै गाह्रो भयो भनेर त्यसैले पनि हामीले यहाँ आकाशे पुलको निर्माण गरेका हाँै । अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ । नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटि साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ ।’
मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गरे ।





























प्रतिक्रिया