एमाले पाेलिटब्युराे बैठक बस्दै, स्थानीय तहकाे निर्वाचनबारे छलफल हुने

एमाले पाेलिटब्युराे बैठक बस्दै, स्थानीय तहकाे निर्वाचनबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दैछ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएकाे छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए। 

पाेलिटब्युराेमा ९९ जना छन्। स्थानीय तहकाे निर्वाचन हुन ५३ दिन बाँकी छ। एमालेले निर्वाचन घाेषणा पत्र सार्वजनिक गर्न बाँकी छ।

Logo