निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभित्र मतदाता नामावलीमा नामदर्ता गरि वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ९२ हजार २० पुरुष तथा १८३ अन्य गरि जम्मा १ करोड ७७ ला ३३ हजार ७२३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरेको छ।
आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७ लाख १५ हजार २२३ मतदाता छन् ।
यस्तै झापामा ६ लाख ४६ हजार २३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ।
काठमाडौंमा ६ लाख ३७ हजार ७७५ मतदाता रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार मनाङमा सबैभन्दा कम मतदाता ६ हजार ४९३ रहेका छन्। त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ। आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेका छन् । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको बताइएकाे छ।





























प्रतिक्रिया