माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंश मात्र होइन निर्माण गर्न सक्ने बताएका छन्।
रोल्पाको रोल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताएका हुन्।
उनले रोल्पाले अशान्ति र ध्वंश मात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्ति मात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ।’
रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ।





























प्रतिक्रिया