राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै

राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा मंगलबार सुनुवाइ हुँदैछ।

रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ। सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत कात्तिक २८ मा रिट दायर गरेका हुन्। 

भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

उनलाई कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बर्खास्त गरेको थियो। त्यसअघि भने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरेको थियो। 

यसपछि सरकारले सोही दिन १९औँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । 

Logo