‘जहाजलाई अधिकतम समय आकाशमा उडाउने काम भएको छ’

‘जहाजलाई अधिकतम समय आकाशमा उडाउने काम भएको छ’

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । 

बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताए । उनले  बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिए । 

 मन्त्री आलेले मार्च २१ देखि मुम्बईमा हप्ताको तिनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीनवटा उडान भइरहको बताए ।  

उनले भने, ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तिनवटा उडान भर्नेगरी हामी अगाडी बढाउँदै छौँ ।’

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम गरेको पनि बताए । 'पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाज अहिले १० देखि १३ घण्टासम्म आकाशमा हुन्छन्' उनकाे भनाइ छ । 

उनले भने  ‘जहाजहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको छ ।’ उनले नेपाल एयरलाइन्सका जहाजलाई विगतमा घाममा सुकाएको भन्दै अहिले व्यवसायिक उडानमा व्यस्त रहेकाे दाबी गरे । 

Logo