चुनावी तालमेलबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

चुनावी तालमेलबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने कांग्रेसले जनाएको छ । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसले स्थानिय आवश्यकताका अनुसार चुनावी तालमेल गर्ने केन्द्रिय समिति बैठकबाटै निर्णय गरेपनि कांग्रेसभित्र तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा गठबन्धन गर्ने पक्षमा छन् ।

शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।  सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

Logo