देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, द्विपक्षीय बैठक सुरु

देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, द्विपक्षीय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा  नेपाल-भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । 

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

Logo