‘गल्ती आफ्नो, सजाय राष्ट्र बैंकका गभर्नरमाथि ?’ : योगेश भट्टराई

‘गल्ती आफ्नो, सजाय राष्ट्र बैंकका गभर्नरमाथि ?’ : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्ष विपक्षमा बहस सुरु भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरू मौन छन्।

अर्थतन्त्र सङ्कटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको टिप्पणी कतिपयको छ। यहीबीच नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले गभर्नरको निलम्बनमाथि प्रश्न गरेका छन्।

उनले आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि खन्याएको आरोप लगाए। ‘आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तीय सिद्धान्त हो, सरकार ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।

Logo