‘निर्वाचन र कोभिड रोकथाममा सघाउनेलाई धन्यवाद’

‘निर्वाचन र कोभिड रोकथाममा सघाउनेलाई धन्यवाद’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छिन्।

संघीय दुई सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेकी हुन्। 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले स्थानीय तहको निर्वाचन निर्विघ्नतापूर्वक सम्पन्न गरेकोमा सरकार सन्तुष्ट रहेको बताइन्। 

उनले निर्वाचन सम्पन्न गर्न सघाउने सम्बद्ध निकायहरु, जनता सबैप्रति सरकारले आभार व्यक्त गरेको बताइन्। 

कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालेका कदमको असरले यसको प्रभाव कम हुँदै गएको, सबैको सामूहिक प्रयासबाट यसबाट अघि बढ्ने विश्वास राखेको उनले बताइन्।

‘कोभिड रोकथाममा सघाउने सबै सरकारी निकाय र नागरिकलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘ज्यान समेत गुमाउनुपरेकामा उहाँहरुका आफन्त र परिवारप्रति समवेदना प्रकट गर्दछु।’   

Logo