छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन् : पूर्णाकुमारी सुवेदी

छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन् : पूर्णाकुमारी सुवेदी

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर बोल्ने क्रममा सांसद सुवेदीले सरकारले यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन् । 

‘बाँके, बर्दियाको सीमामा पर्ने जंगलमा मदिरा खुवाएर बालिका बलात्कारका घटना भएका छन् । छोरीचेलीमाथि बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । दैनिक सामूहिक बलात्कारका घटना बढिरहेकाले यसमा संलग्नमाथि कारबाही गर्न आवश्यक छ,’ उनले भनिन् ।
 

Logo