सञ्चार मन्त्रालयमा घुम्ती शिविर होइन, दारु शिविर राखे हुन्छ : गोकुल बाँस्कोटा

सञ्चार मन्त्रालयमा घुम्ती शिविर होइन, दारु शिविर राखे हुन्छ : गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) सांसद गोकुल बाँस्कोटाले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई दारु शिविर राख्न सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै नेता बाँस्कोटाले मन्त्रालयमा घुम्ती शिविरको सट्टा दारु शिविर राख्न सुझाव दिए। 'सञ्चार मन्त्रालयको घुम्ती शिविरका लागि बजेट छुट्याइएको छ, बरु दारु शिविर राखे हुन्छ', उनले भने, 'केको निम्ति घुम्ती शिविर? यो मैले केही पनि बुझ्न सकेको छैन।'

संसद् बैठकमा उनले टेन्डरविद् नियुक्तिको विषय पनि उठान गर्दै ठेकदारविद् पनि नियुक्त गर्न भन्दै कटाक्ष गरेका थिए। 'ठेकदारविद् पनि नियुक्त गरे भइहाल्यो त! त्यो पनि त खल्तीमै होलान्!', उनले भने 'राणा छन् कि, शाह छन् कि, कार्की छन् कि, खोजे भयो नि! यो विधिको शासन रहेन। गठबन्धनको सर्वोच्चताद्वारा चल्न खोजिएको छ। नीतिगत रुपमा यो खेदजनक छ।'

Logo