प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारे संसदिय समितिमा जवाफ दिने

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारे संसदिय समितिमा जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण बारे संसदिय समितिमा जवाफ दिने भएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवाले जवा‍फ दिने भएका हुन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको बारेमा छलफल हुन बताइएको छ । शुक्रबार समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण ढकाललाई बोलाई अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारेमा छलफल गरेको थियो ।

देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवासँग जवाफ माग्न लागेको हो । 
 

Logo