नवनियूक्त भारतीय राजदूत श्रीवास्तव काठमाण्डौमा

नवनियूक्त भारतीय राजदूत श्रीवास्तव काठमाण्डौमा

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । 
उनी शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।
उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका थिए । यसअघि उनी चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

यसअघि श्रीवास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । उनी चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।

Logo