आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको बताएका छन ।

पार्टीनिकट महिला संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै आज (आइतबार) उनले यस्तो बताएका हुन ।
 विभाजनका लागि आवश्यक संख्या पुर्याउन अनेक तरिका लगाउनुपरेको समेत स्मरण गरे । केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्यास लिने वा विद्रोह गर्ने तीन विकल्पमा आफूहरुले विद्रोह रोजेको उनको भनाइ छ ।

त्यसका लागि साथीहरूलाई चन्द्रागिरीमा लगेर दुई दिन राख्नुपरेको समेत उहाँले उल्लेख गरे । जेठ २ अगाडिको अवस्थामा फर्काउने नक्कली शर्तमा दश भाइलाई रोकिएको पनि उनले बताए ।

अर्को प्रशंगमा अध्यक्ष नेपालले गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिईने बताए ।

 

Logo