सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

केन्द्रबिन्दु
0
Shares

सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा. यादव नियुक्त भएका हुन् ।

यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा. सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तानिएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

Logo