स्थानीय तहमा अनियमितता बढ्नु चिन्ताजनक : राष्ट्रपति भण्डारी

स्थानीय तहमा अनियमितता बढ्नु चिन्ताजनक : राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन् ।

बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरिन् । उनले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका विषयमा सरकारलाई सुझाव दिनुपर्ने बताइन् ।

उनले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न

राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने धारणा राखिन् ।

Logo