आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो : राष्ट्रपति

आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो : राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन् । आज बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन् ।  उनले पालिका तहका नेतृत्वले विगतका कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताए । उनले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गरे ।  

उनले भने, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढी रहेको पक्ष औँल्याएका छन् । अपेक्षाकृत रूपमा बेरुजु फर्स्योट भएको देखिँदैन । पालिका तहको चुनाव सम्पन्न भइ नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ । आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व सङ्कलन, स्रोत र साधनको बाँडफाँट लगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्त्वपूर्ण सुझाव दिनुपर्ने बताए । उनले संघ  प्रदेश र पालिकामा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने धारणा राखिन् ।  

राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न सरकारका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने बताइन् ।  

 

Logo