खातुनको ठाउँमा बस्नेतलाई प्रदेश सांसद

खातुनको ठाउँमा बस्नेतलाई प्रदेश सांसद

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् ।

अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।

मंगलबार उनले  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

Logo