नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसावले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन ।

उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकहरुको लागि नेपालको नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिदा नेकपा एमाले आश्चर्यमा परेको बताए ।
 

Logo