प्रदेश १ को नामकरणबारे सर्वदलीय बैठक सम्पन्न : दलका नेताहरुको नामबारे आफ्नो धारणा

प्रदेश १ को नामकरणबारे सर्वदलीय बैठक सम्पन्न : दलका नेताहरुको नामबारे आफ्नो धारणा

केन्द्रबिन्दु
0
Shares

 प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा नामबारे छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दलका नेताहरुले नामबारे आफ्नो धारणा राखेको र अर्को बैठक तत्काल बस्नेगरि उठेको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए ।

बैठकमा एमाले नेताहरुले प्रदेशको नाम कोशी राख्नुपर्ने अडान राखेका थिए । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने धारणा राखेका थिए । कोशीसँग किरात जोडेर बहुपहिचानमा जानुपर्ने धारणा बैठकमा आएको र सगरमाथा नाम राख्नेबारे पनि कुरा भएको नेता कार्कीले जानकारी दिए ।

Logo