भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता

भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन् । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।
माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने तयारीमा छन ।

 

Logo