अर्थमन्त्री शर्मा प्रकरणमा जेठ महिनाको सीसीटीभी फुटेज माग्दा अर्थले असारको उपलब्ध गराएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थमन्त्रालयले असार महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएको हाे । शुक्रबार र शनिबार हेर्दा अर्का महिनाको फुटेज पाइएको छानबिन समितिले जनाएको छ ।
यसबारे बनेको संसदीय विशेष छानबिन विशेष समितिले जेठ महिनाभरको सीसीटीभी फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले असारको चाहिँ फुटेजसहितको हार्डडिस्क दिएको छ।
अर्थमन्त्री शर्माले बजेट भाषण गर्नु अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप छ।





























प्रतिक्रिया