मोदीलाई नभेटी स्वदेश फर्किदै दाहाल

मोदीलाई नभेटी स्वदेश फर्किदै दाहाल

केन्द्रबिन्दु
0
Shares

तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।

तर, भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ ।  प्रचण्ड आज आइतबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Logo