नेपालमा राजनीतिक ध्रुवीकरण हुनुपर्छ : शंकर पोखरेल

नेपालमा राजनीतिक ध्रुवीकरण हुनुपर्छ : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्। 

महासचिव पोखरेलले सत्तारूढ गठबन्धनले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका हुन्। 

आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षा सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारबाट सम्भव नभएको जिकिरसमेत गरे। 

उनले मुलुकमा राजनीतिक ध्रुबीकरणको आवश्यकता रहेको दोहोर्‍याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताए। 

‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको छ। यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छु, उनले भने,त्यसअर्थमा म के भन्न चाहन्छु भने अब मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ। अब मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैन।’

पोखरेलले मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुईवटा प्रश्न रहेका बताए। 

Skip This
Skip This
Logo