गंगा चौधरीको प्रश्न : विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ?

गंगा चौधरीको प्रश्न : विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ?

केन्द्रबिन्दु
0
Shares

एमाले सांसद गंगा चौधरीले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताएकी हुन् ।
१२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाइन् । ४० लाख विदेशीले नागरिकता लिएको उनको भनाइ थियो ।

विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ? उनको प्रश्न थियो । 
 

Logo