अध्यक्ष प्रचण्डद्वारा आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन

अध्यक्ष प्रचण्डद्वारा आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणमा रहेका आईतबार बिहानै हिरोसिमा पुगेको उनको सचिवायले जनाएको छ ।

प्रचण्डको सचिवालयले सामाजिक संजालमा तस्बीर सार्वजनिक गर्दै हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेको जनाएको हो ।

शनिबार अध्यक्ष प्रचण्डले जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाएका थिए । त्यस्तै आजै उनले ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा कार्यक्रममा सहभागीता जनाउने जनाइएको छ ।


 
|
 

Logo