नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंगेल, अनिल योगी लगायतका एक दर्जनले पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसको प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्। तत्कालै अंगिकृत नागरिकता दिने विषयमा उनीहरुले आपत्ति जनाएका थिए।
अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने र बाबुआमा पत्ता नलागेकालाई पनि वंशज नागरिकता दिनु नहुने र गलत ढंगले नागरिकता लिनेलाई भन्दा नागरिकता दिने अधिकारीलाई दोब्बर सजाय हुनु पर्ने सुझाव आफूहरुले दिएको उनीहरुको भनाइ छ ।
उनीहरुले नागरिकता विधेयक राष्ट्रका लागि घातक सावित हुने भन्दै यसलाई रोकेर पुनर्विचारका लागि संसदमै पठाउन सुझाव दिएका छन्।





























प्रतिक्रिया