प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई उक्त प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । आफूहरुले पनि बाँकी माग पूरा भए गठबन्धनमा बस्ने विषयमा सकारात्मक रहेको बताएको उनले बताए ।
‘गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग भेटवार्ता भयो । गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभयो । हाम्रा मागहरु पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौं,–नेता महतोले भने ।’
लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । ती मागमध्ये नागरिकता विधेयक संसद्बाट पारित भइसकेको छ ।





























प्रतिक्रिया