देउवाले बोलाए शीर्ष नेताहरुको बैठक, सिट बाँडफाँटबारे छलफल हुँदै

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक, सिट बाँडफाँटबारे छलफल हुँदै

केन्द्रबिन्दु
0
Shares

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् ।

सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ । सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ । बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन् ।

Logo