कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक

कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएलगत्तै नयाँ मन्त्रीबारे नेकपा माओवादी केन्द्रले छलफल थालेको छ । उसको सांसदीय दलको बैठक बसिरहेको छ । 

माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् । माओवादीले हुम्लाका गैरसांसद लामालाई मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना गैरुसांसदलाई सांसदमा नियुक्त गर्नु पर्ने हुन्छ । तर सांसद नियुक्त हुन नुकेपछि लामा आजबाट बिदा भएका हुन् । 

शाही मन्त्री बन्दै 

कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ । 

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ । ११ जना सांसद रहेको माओवादीमा दलका नेता  महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् ।

यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसदका विषयगत समितिमा रहेर काम गरिरहेका छन् । शाह सचेतक रहेकी छिन् ।  

Logo