असमान तलव वृद्धिविरूद्ध आन्दोलनमा उत्रिए कर्मचारी

असमान तलव वृद्धिविरूद्ध आन्दोलनमा उत्रिए कर्मचारी

केन्द्रबिन्दु
0
Shares

असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको हो।

नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए।

असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा हामीले आन्दोलन गरिरहेको हो,’ उनले भने। सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए।

साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।

Skip This
Skip This
Logo