राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताए ।
उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए ।
उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेश सभा काम चलाउ भएकाले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।





























प्रतिक्रिया