राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) नेपालले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार र मंगबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय निर्णय गरेको हो ।
अध्यक्ष थापाकै संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यस्तै राप्रपा नेपालले भदौ अन्तिम सातादेखि ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ ।
बैठकले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीलाई बलियो बनाउन भदौ मसान्तभित्र सबै पालिकाका वडाहरूमा पार्टी इकाई समितिहरू गठन गर्ने, कात्तिकको १५ भित्र सबै निर्वाचन बुथमा ‘बुथ कमिटी’ गठन गर्ने, भदौ मसान्तभित्र सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको राप्रपा नेपालले जनाएको छ































प्रतिक्रिया