नेसपा गठबन्धकै अंग हो : बाबुराम भट्टराई

नेसपा गठबन्धकै अंग हो : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

मंगलवार माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा माओनेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् । वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताए । भट्टराईले  पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गरे ।

मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ । भट्टराईले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए । अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गरे । 

Logo