आयोगले दर्ताका लागि निवेदन दिएका दलको बुधबारबाट जाँच गर्ने

आयोगले दर्ताका लागि निवेदन दिएका दलको बुधबारबाट जाँच गर्ने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको बुधवारबाट जाँच गर्ने भएको छ । 

मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको बुधबारबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण सुरु हुने बताए ।

सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने बताउँदै शर्माले आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने उल्लेख गरे । 

उनले भने, ‘निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताको निवेदन भएका सबै दललाई भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन ? यो सबै कुराहरु हेरेर ती सबै दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्नेछौँ । आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि ती दलहरु दर्ता हुनेछन् ।’

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । पार्टीमा सदस्य फरकफरक भए पनि संसदीय दल भने एउटै रहने जानकारी दिँदै प्रवक्ता शर्माले संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे । 

प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको जानकारी दिए । उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको बताए । निर्वाचनका लागि चाहिने सामग्रीहरु खरिदका लागि टेण्डरको काम भइरहेको जानकारी दिँदै उनले निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको बताए ।  

Logo