पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शनिबार बस्ने भएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ। यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबारको बैठकले यस विषयलाई टुंग्याउने दाबी गरे । 

Logo