नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिएका छन्।
कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताएका हुन्।
चुनावपछि पनि यही गठबन्धन कायम रहन्छ भन्ने सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ। गठबन्धनमा बसेर त्यहीभित्रका दललाई राष्ट्रघाती भन्दै हिँड्नेले अलग बाटो रोज्नुपर्ने समेत बताए।
पार्टीको संगठन र स्थानीय तहको चुनावलाई हेरेर मात्रै भागबण्डा गर्नुपर्ने बताए। कम्युनिष्ट पार्टीकै कारणले अहिले जनतामा ठूलो निराशा पैदा भएको बताए।





























प्रतिक्रिया